Ads

तीनै सह-आयोजक राष्ट्र अन्तिम १६ मा, अब अमेरिका र बेल्जियम भिड्ने !


फिफा विश्वकप २०२६ को सह-आयोजक अमेरिका प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहीबार भएको रोमाञ्चक खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २-० ले पराजित गर्दै अमेरिकाले नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो।

अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एक-एक गोल गरे। खेलको ४५औं मिनेटमा बालोगुनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ६४औं मिनेटमा उनै बालोगुनले रातो कार्ड खाएर मैदान छाड्नुपरेपछि अमेरिका १० खेलाडीमा सीमित हुन पुग्यो।

१० खेलाडीमा समेटिए पनि उत्कृष्ट प्रदर्शन जारी राखेको अमेरिकाका लागि ८२औं मिनेटमा म्यालिक टिलम्यानले डिबक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक सिधै गोलपोष्टमा परिणत भएपछि टोलीको २-० को जित सुनिश्चित भएको थियो।

यस जितसँगै अमेरिकाले २४ वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकाल्दै नयाँ इतिहास रचेको छ। यसअघि सन् २००२ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको अमेरिका त्यसयताका संस्करणमा भने दोस्रो चरणबाटै बाहिरिँदै आएको थियो।

अमेरिकाको यो सफलतासँगै जारी विश्वकपका तीनै सह-आयोजक राष्ट्रहरू अन्तिम १६ मा पुग्न सफल भएका छन्, जहाँ मेक्सिको र क्यानडाले यसअघि नै आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले बलियो टोली बेल्जियमको सामना गर्नेछ।

Ads

सम्बन्धित पोष्टहरू