Ads

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै


प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा आज (असार १८) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल हुने जनाइएको छ। साथै विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावहरूमाथि विचार गर्दै आवश्यक निर्णय गरिने तयारी गरिएको छ।

मन्त्रिपरिषद् बैठकबाट विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय हुने अपेक्षा गरिएको छ। बैठकका निर्णयहरू सार्वजनिक भएपछि थप विवरण उपलब्ध हुनेछन्।

Ads

सम्बन्धित पोष्टहरू