Ads

२०८३ असार १९ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसाय र पारिवारिक जीवनबीच सन्तुलन मिलाउन केही कठिनाइ हुन सक्छ । घरायसी जिम्मेवारी बढ्ने संकेत छ । प्रेम सम्बन्धमा रहेका व्यक्तिले साथीसँग खुलेर संवाद गर्नु लाभदायी हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धार्मिक तथा सामाजिक कार्यमा व्यस्तता बढ्न सक्छ। घर परिवारको जिम्मेवारी पनि सँगसँगै निभाउनुपर्ने देखिन्छ । सानो प्रयासबाट ठूलो सफलता हात पार्न सकिने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज अनावश्यक जोखिम नलिनु नै बुद्धिमानी हुनेछ । कानुन विपरीत वा विवादित कामबाट टाढा रहनुहोस् । विचारमा मतभेद हुन सक्ने भएकाले आफ्नो धारणा स्पष्ट राख्नु उपयुक्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कामको चाप बढेपनि मेहनतअनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवार, जीवनसाथी वा सन्तानका लागि केही समय छुट्याउनु उपयुक्त हुनेछ । सिर्जनात्मक क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक काममा समय खर्च नगर्नुहोस् । महत्त्वपूर्ण कार्यमा साथीभाइको साथ मिल्नेछ । आफ्नो मेहनतको श्रेय अरूले लिन खोज्न सक्छन्, तर शुभ चिन्तकको सहयोगले सफलता हात पार्नुहुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) काम समयमै सम्पन्न हुने भएकाले आत्मविश्वास बढ्नेछ । नयाँ सीप सिक्ने अवसर प्राप्त हुनेछ । परिवार र प्रियजनसँग समय बिताउन सकिनेछ । प्रेम सम्बन्धमा मिठास बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम्पत्य जीवनमा सामान्य मतभेद देखिएपनि धैर्य अपनाए सम्बन्ध थप मजबुत बन्नेछ । गुरुजनको सल्लाहले सही निर्णय लिन सहयोग पुग्नेछ । आमाको आशीर्वादले महत्त्वपूर्ण काममा सफलता दिलाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साथी भाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ । घर जग्गा खरिद बिक्री वा स्थायी सम्पत्तिमा लगानीका लागि अनुकूल समय छ । धार्मिक तथा शुभकार्यसम्बन्धी समाचार प्राप्त हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामाजिक तथा धार्मिक कार्यक्रममा सक्रिय सहभागिता रहनेछ । प्रतिष्ठा र सम्मान बढ्ने दिन हो । महत्त्वपूर्ण निर्णय सफल हुनेछन् । आकस्मिक यात्राको सम्भावना छ, जसबाट पनि लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्ययन, अनुसन्धान तथा नयाँ कुरा सिक्नका लागि दिन अनुकूल छ । करियरमा प्रगति गर्ने अवसर प्राप्त हुनेछ । महत्वाकांक्षी योजनामा अघि बढ्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) शारीरिक थकान र अल्छीपनका कारण काममा ढिलाइ हुन सक्छ । पर्याप्त विश्राम लिनु आवश्यक छ । खर्च व्यवस्थापनमा ध्यान दिनुहोस् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) गोप्य शत्रु वा विश्वासघाती व्यक्तिबाट सावधान रहनुहोस् । नयाँ रोजगारी खोज्नेहरूका लागि शुभ संकेत देखिएको छ । सोच विचार गरेर लिएको जोखिमले राम्रो प्रतिफल दिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू