Ads

पूर्णबहादुर निवासमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन


नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का को नेतृत्वमा गल्फुटारस्थित निवासमा इतर समूहको बैठक सुरु भएको छ।

बैठकमा पार्टीका प्रभावशाली नेताहरूको बाक्लो उपस्थिति देखिएको छ। बैठकमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायतका शीर्ष नेताहरू सहभागी छन्।

त्यसैगरी डिना उपाध्याय, प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद र मोहन बस्नेत समेत बैठकमा उपस्थित छन्।

बैठकमा सातै प्रदेशमा हालै सम्पन्न प्रदेशस्तरीय भेलाको समीक्षा, पार्टीभित्रको आगामी शक्ति सन्तुलन तथा भावी रणनीतिबारे छलफल भइरहेको स्रोतले जनाएको छ। साथै इतर समूहले देशव्यापी राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेको र त्यसको कार्यदिशा तथा तयारीबारे पनि आजको बैठकमा महत्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू