आयोजक क्यानडाको विश्वकप यात्रा ‘राउन्ड अफ १६’ बाटै समाप्त भएको छ।
शनिबार राति भएको तनावपूर्ण खेलमा मोरक्कोसँग ३–० को फराकिलो गोल अन्तरले पराजित हुँदै क्यानडा प्रतियोगिताबाट बाहिरिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५०औँ र ८२औँ मिनेटमा मोरक्कोका अज्जेदिन औनाहीले दुई शानदार गोल गर्दै टोलीलाई स्पष्ट अग्रता दिलाए।
खेलको इन्जुरी समयमा सुफियान रहिमीले तेस्रो गोल गरेपछि मोरक्कोले ३–० को जित सुनिश्चित गर्यो। यस सानदार जितसँगै मोरक्को जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल (अन्तिम ८) मा पुग्ने पहिलो टोली बन्न सफल भएको छ।
प्रतिक्रिया दिनुहोस्