Ads

ऊर्जा मन्त्रालयको १०० दिने उपलब्धि सार्वजनिक, ७५ कामको सूची सार्वजनिक


ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सरकार गठनपछिका १०० दिनमा सम्पन्न भएका ७५ वटा प्रमुख कामहरूको विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणमा जलस्रोत विधेयक तथा नवीकरणीय ऊर्जा एवं ऊर्जा दक्षतासम्बन्धी विधेयक निर्माण, ऊर्जा खपत वृद्धि तथा विद्युत् निर्यात रणनीति तर्जुमा लगायतका महत्वपूर्ण उपलब्धिहरू समेटिएका छन्।

त्यसैगरी, २५ जना शहीद परिवारका ४१ सदस्यलाई नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न कार्यालयमा करार सेवामा नियुक्ति उपलब्ध गराइएको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई तीव्रता दिन कर्णाली विद्युतीकरण आयोजनामार्फत वितरण लाइन विस्तार कार्यका लागि बोलपत्र आह्वान गरिएको छ।

मन्त्रालयले यी उपलब्धिहरूलाई ऊर्जा पहुँच विस्तार, विद्युत् निर्यात प्रवर्द्धन र पूर्वाधार विकासतर्फको महत्वपूर्ण प्रगतिका रूपमा प्रस्तुत गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू