विराटनगर, । कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३र८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ को सबै मन्त्रालयगत शीर्षकमाथिको समूहीकृत छलफल सकिएको छ । यही असार १९ गतेदेखि सुरु भएको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको समूहीकृत छलफल आज सकिएको हो ।
छलफलमा पहिलो दिन प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ, सपना दर्जी र खिनु लङ्वा लिम्बूले, दोस्रो दिन रामबहादुर मगर, राधाकृष्ण खनाल, गीता तिमल्सेना, राजन किराँती, गणेश उप्रेती र विनोद राईले तथा आज गोम्बू शेर्पा, नरिन राई, छविलाल चुडाल, लीलबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, विद्या चाम्लिङ राई, सिर्जना राई, एकराज कार्की, रेवतीरमण भण्डरी, गोविन्द गिरी, सम्झाना तामाङ साम्सुहाङ र रामदेव यादवले प्रस्तुत विषयमा आ(आफ्नो धारणा राखे ।
आजको बठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० कोशी प्रदेशसभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनमा चुनौती देखिने किसिमको रहेको बताए।
उनले उक्त बजेट त्रुटीपूर्ण रहेको भन्दै बजेटलाई कार्यान्वयनमा ल्याउने सन्दर्भमा सरकारसँग ठूलो चुनौती रहेकाले सदनबाट त्रुटी सच्याउने प्रस्ताव ल्याउनु उचित विकल्प हुने धारणा राखे । उनले कार्यान्वयनमा जान नसक्ने बजेट जनताको हितमा काम हुन नसक्ने दाबी गरे । नेता आङ्बोले विकास, समृद्धि, रोजगार र उत्पादनसँगै जनताको आवश्यकता पूरा गर्न किसिमको बजेट आउनुपर्नेमा जोड दिए ।
बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य मीना श्रेष्ठ, सविना बजगाईं र सपना दर्जीले प्रदेशको मौजुदा समस्याका बारेमा आ(आफ्नो धारणा राख्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक असार २२ गते सोमबार बिहान ११ः०० बजे बस्ने उपसभामुख सृजना दनुवारले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्