श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सभामुखको ध्यानाकर्षण गराउँदै संसदमा तीव्र असन्तुष्टि जनाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले “नेपालले पनि भारतका धेरै ठाउँमा भूमि मिचेको छ” भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई राष्ट्रघाती भएको आरोप लगाए। साथै उनले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन मागसमेत दोहोर्याए।
राईले प्रश्न गर्दै भने, “हामीले कहिलेसम्म प्रधानमन्त्रीज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्तिको विषयमा यो सदनमा फरक मत राखिराख्नु पर्ने हो? के एक वर्ष, दुई वर्ष, पाँच वर्ष? हामी तयार छौँ।”
उनले राष्ट्रियताको विषयमा कुनै पनि हालतमा सम्झौता नहुने स्पष्ट गर्दै “१ इन्च तलमाथि पनि हामी नसर्ने” बताए।
बैठकमा उनको अभिव्यक्तिले केही समय राजनीतिक बहसलाई थप तातो बनाएको थियो।
प्रतिक्रिया दिनुहोस्