प्रतिनिधिसभाको जारी बैठकमा सभामुख डीपी अर्यालले सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएका समसामयिक र महत्वपूर्ण विषयहरूको सम्बन्धमा सरकारलाई तत्काल जवाफ दिन रुलिङ गरेका छन् ।
सभामुख अर्यालले देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा विपद् व्यवस्थापनको पूर्वतयारीबारे समेत सरकारसँग विस्तृत जानकारी माग गरेका हुन् ।
सभामुखले बैठकमा निर्देशन दिँदै भने, “माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्त्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन, साथै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद् व्यवस्थापनका पूर्वतयारीका सम्बन्धमा भए गरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु ।”
यससँगै सभामुखले संसदमा उठाइएका जनचासोका विषयहरूलाई गम्भीरतापूर्वक लिएर तत्काल जवाफदेहिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस्