मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ स्थानको भ्रमण गर्ने वा नयाँ कामको थालनी गर्ने अनुकूल समय छ। घरमै बसे पनि भविष्यका लागि आवश्यक वस्तुको व्यवस्थापन गर्ने अवसर मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अनिवार्य जिम्मेवारीमा ध्यान केन्द्रित गर्नुपर्ने दिन छ। समयमा काम सम्पन्न गर्न नसक्दा महत्त्वपूर्ण अवसर गुम्न सक्छ। आर्थिक पक्ष केही कमजोर देखिएकाले तनाव बढ्न सक्छ। सम्बन्धमा पारदर्शिता र विश्वास कायम राख्नु आवश्यक छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आम्दानीका स्रोत विस्तार हुने सम्भावना छ। नयाँ व्यवसाय वा लगानीका अवसरबाट लाभ मिल्न सक्छ। जिम्मेवारीप्रतिको समर्पण र कर्तव्यनिष्ठाले सबैको प्रशंसा प्राप्त हुनेछ। विदेशमा रहेका आफन्त वा लामो समयदेखि भेट नभएका साथीभाइसँग पुनर्मिलन हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यक्तिगत प्रतिष्ठा र प्रभाव बढ्ने समय छ। राजनीति वा समाजसेवामा सक्रिय हुनुहुन्छ भने सम्मान र पदप्रतिष्ठा प्राप्त हुने सम्भावना बलियो छ। धन, मान र प्रतिष्ठामा वृद्धि हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यशैलीमा सुधार आउनेछ। सामाजिक संस्थामा आबद्ध हुनुहुन्छ भने उल्लेखनीय सफलता प्राप्त गर्न सक्नुहुन्छ। वरिष्ठ व्यक्तिबाट प्रशंसा सुन्न पाइनेछ। असम्भव अपेक्षाको पछि लाग्दा नोक्सानी हुन सक्ने भएकाले यथार्थमा आधारित योजना बनाउनु राम्रो हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सहयोगीको अनुपस्थितिले दैनिक काममा केही मन्दी आउन सक्छ। पुरानो बाँकी रकम उठाउने प्रयास सफल हुन सक्ने योग छ। स्वास्थ्यमा सामान्य समस्या देखिए पनि काममा सक्रिय रहनुपर्ने अवस्था आउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कामतर्फ अग्रसर हुने समय छ। आत्मविश्वास र पुरुषार्थ बढ्ने भएकाले प्रतिस्पर्धीको मनोबल कमजोर बन्न सक्छ। परिवार र आफन्तका लागि पनि केही समय छुट्याउनु उपयुक्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक वातावरण सुखद रहनेछ। दाम्पत्य जीवनमा राम्रो समझदारी कायम हुनेछ। एकअर्काको भावनाको सम्मान गर्नु आवश्यक छ। अध्ययनमा परिश्रमअनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज केही बढी मेहनत गर्नुपर्ने देखिन्छ। यही प्रयासले भविष्यमा छात्रवृत्ति, सहुलियत वा विशेष अवसर दिलाउन सक्छ। सिर्जनात्मक कार्यप्रति रुचि बढ्नेछ। रोकिएका काम सम्पन्न हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) भेटघाट र महत्त्वपूर्ण कुराकानी गर्दा गोपनीयता अपनाउनु आवश्यक छ। अनावश्यक चियोचर्चाले मानसिक तनाव बढाउन सक्छ। साथीभाइको व्यवहारले केही चिन्ता थपिन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कामको चाप बढ्ने समय छ। परिस्थिति अनुसार लचकता अपनाएर काम गर्नु आवश्यक हुनेछ। नयाँ स्थानको भ्रमण, नयाँ साथीभाइसँग परिचय तथा रमाइलो वातावरणको अनुभव हुने सम्भावना छ। ध
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अभिव्यक्ति क्षमता अझ प्रभावशाली बन्नेछ। अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासमा सकारात्मक योगदान पुर्याउनेछ। आजको मेहनतले प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
प्रतिक्रिया दिनुहोस्