Ads

२०८३ असार २५ गते बिहिबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ । मनमा रहेका व्यक्तिगत समस्या खुलेर साझा गर्दा समाधानको बाटो भेटिन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धनसम्पत्ति र बहुमूल्य वस्तुको सुरक्षामा विशेष ध्यान दिनु आवश्यक छ । अनावश्यक जिद्दीपनले अवसर गुम्न सक्छ । अध्ययन र करियरमा ध्यान केन्द्रित गर्नु लाभदायी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) पदोन्नति, नयाँ जिम्मेवारी वा यात्राको अवसर मिल्न सक्छ । सरकारी तथा प्रशासनिक काम अघि बढाउन दिन अनुकूल छ । सहकर्मी र साथीभाइको सहयोगले कार्यसम्पादन सहज बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लेखन, परामर्श, सूचना प्रविधि, शेयर बजार तथा कानुनी क्षेत्रसँग सम्बन्धित व्यक्तिका लागि दिन फलदायी रहनेछ । परिवारबाट साथ र आशीर्वाद मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रबाट सुखद समाचार प्राप्त हुन सक्छ । वरिष्ठको सुझावले लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ । प्रतिष्ठा र सम्मान बढ्ने संकेत छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सहकर्मीसँग समन्वय गरेर अघि बढ्नु लाभदायी हुनेछ । हतारमा वा दबाबमा निर्णय नगर्नुहोस् । साथीभाइसँग सामान्य मनमुटाव हुन सक्ने भएकाले संयमता अपनाउनु उचित हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) काममा सहजता आउनेछ । कला, साहित्य वा सिर्जनात्मक क्षेत्रमा लागेकाले नयाँ योजना तयार पार्न सक्नेछन् । व्यक्तित्वमा आकर्षण बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एकान्तमा बसेर सोच्ने र मनका कुरा साझा गर्ने अवसर मिल्न सक्छ । स्वास्थ्यमा सामान्य उतारचढाव देखिन सक्ने भएकाले सावधानी अपनाउनुहोस् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आत्मविश्वासका कारण काममा सफलता मिल्नेछ । शिक्षा, व्यापार तथा सुनचाँदी व्यवसायसँग सम्बन्धित व्यक्तिका लागि दिन शुभ छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्ययनमा मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जन वा सामाजिक सञ्जालमा बढी समय खर्च गर्दा लक्ष्य प्रभावित हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) परिश्रमअनुसारको उपलब्धि प्राप्त हुनेछ । आफन्त र साथीभाइसँगको सम्बन्ध अझ बलियो बन्नेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिप्रति आकर्षण बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आम्दानीका नयाँ स्रोत खुल्न सक्छन् । नयाँ योजना वा परियोजना सुरु गर्न दिन अनुकूल छ । जोखिमपूर्ण आर्थिक कारोबारबाट भने टाढा रहनु राम्रो हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू