Ads

२ हजार ७०० रुपैयाँले बढ्यो सुन


काठमाडौँ, । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहीबार)को तुलनामा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले बढेर दुई लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको छ।

हिजो सुन दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला चार हजार ३४० रुपैयाँ रहेको चाँदी आज १७० रुपैयाँले बढेर चार हजार ५१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू