मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दाजुभाइ, दिदीबहिनी वा छिमेकीको सहयोग गर्नुपर्ने भएकाले केही समय व्यस्तता रहनेछ । व्यक्तिगत पहिचान, प्रतिष्ठा र व्यवसायिक उन्नतिका लागि चालिएका प्रयास सफल हुने संकेत छन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)घर परिवारसँग सम्पर्क गरी महत्त्वपूर्ण जानकारी प्राप्त हुने समय छ । परिवारका सानातिना विषयले मन खिन्न बनाउन सक्छ । आम्दानी अपेक्षाभन्दा राम्रो भएपनि प्रतिष्ठा जोगाउन वा आवश्यक खर्चका कारण धन बाहिरिन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)प्रयासअनुसार सफलता मिल्ने दिन छ । उच्च शिक्षा र अनुसन्धानमा संलग्न व्यक्तिका लागि समय अनुकूल छ भने विद्यार्थीले अध्ययनमा ध्यान दिनुपर्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)जीवनसाथी वा प्रेमी/प्रेमिकाको भावनालाई बेवास्ता नगर्नुहोस् । रिस र अहंकारले सम्बन्धमा तनाव आउन सक्छ । आत्मसंयम अपनाएमा परिस्थिति सहज बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)घर परिवार वा सन्तानका लागि अतिरिक्त खर्च हुन सक्छ । भाइबहिनी वा साथीभाइलाई मार्गदर्शन गर्ने अवसर मिल्नेछ । जुनियर कर्मचारी वा साथीका कारण केही चिन्ता बढ्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)परीक्षा, अन्तर्वार्ता वा प्रतियोगितामा सफलता प्राप्त गर्न कडा मेहनत आवश्यक छ । जिम्मेवारी बढ्नेछ । वरिष्ठ, गुरु वा अभिभावकको साथ र सुझाव लाभदायी हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आम्दानीका नयाँ स्रोत खुल्नेछन् । खर्च पनि बढ्ने भएपनि आर्थिक सन्तुलन कायम रहनेछ । असम्भव योजनामा लगानी गर्दा घाटा हुन सक्छ । काठ, प्लास्टिक, रबर, मर्मतसम्भार तथा प्राविधिक व्यवसायमा लाभ हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)शारीरिक थकान र उत्साहमा कमी महसुस हुन सक्छ । कार्यस्थलमा दबाब बढ्नेछ, तर धैर्य र मेहनतले लाभ मिल्नेछ । आज अरूको चिन्तासँगै आफ्नै स्वास्थ्य र मानसिक सन्तुलनमा पनि ध्यान दिनु आवश्यक छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कार्यस्थलमा नयाँ जिम्मेवारी आउन सक्छ । परिवार र जीवन साथीलाई पनि पर्याप्त समय दिनुपर्ने परिस्थिति रहनेछ । प्रेम सम्बन्धमा मधुरता बढ्नेछ । सहकर्मीसँग विवाद हुन सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सानो उपलब्धिका लागि पनि धेरै मेहनत गर्नुपर्ने देखिन्छ । इलेक्ट्रिकल, सञ्चार तथा धातुसम्बन्धी व्यवसायमा लाभ हुनेछ । अनावश्यक चिन्ताले काममा असर पर्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) नयाँ व्यवसाय वा लगानीतर्फ आकर्षण बढ्नेछ । बुद्धिमत्ता र रणनीतिले कठिन परिस्थिति पनि आफ्नो पक्षमा पार्न सकिनेछ । परिवारमा सुख, बृद्धबृद्धाको आशीर्वाद र सन्तानबाट खुसी प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) घरायसी जिम्मेवारीका कारण कार्य क्षेत्रमा केही प्रभाव पर्न सक्छ । शंका र अविश्वासले सम्बन्धमा दूरी बढ्न सक्छ, त्यसैले खुला संवाद आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्