काठमाडौँ, । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको तर्फबाट सांसद युवराज दुलालले सरकारलाई महँगी, कालाबजारी र विचौलियातन्त्रलाई नियन्त्रण गरि जनतालाई राहत दिनु पर्ने माग राखे ।
प्रतिनिधिसभाको आजको बैठकमा रोष्ट्रममा उपस्थित भई सांसद दुलालले सरकारको गतिविधि जनतामुखी हुनुपर्ने धारणा राखे । सरकारले सुशानको पक्षमा प्रभावकारी जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ थियो । सुकुमवासीको होल्डिङ सेन्टरको अवस्था जति सक्दो छिटो समाधान गर्न सांसद दुलालले सरकार समक्ष माग गरे ।
प्रतिक्रिया दिनुहोस्