वीरगन्ज (पर्सा), । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट निस्केको र्याली घण्टाघर पुगेर सम्पन्न भएको थियो ।
सुनसरीको कप्तानगन्ज घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा बढ्दो समस्याका बीच पर्सामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले सद्भाव र्याली निस्केको पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा निस्केको सद्भाव र्यालीमा पर्सा १ का सांसद पन्तसहित क्षेत्र नं २ का सांसद सुशीलकुमार कानु, क्षेत्र नं ३ का सांसद रामाकान्त चौरसिया, वीरगन्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
यसैबीच पर्साका प्रमुख जिल्ला अधिकारीबाट वीरगन्जमा आज साँझ ५ः०० बजेदेखि शनिबार बिहान ६ः०० बजेसम्म निषेधाज्ञासमेत जारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्