Ads

दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउने


काठमाडौँ, । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेका छन् ।

पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप राना नेतृत्वको समूहसँग भएको भेटका अवसरमा उहाँले आफू छिट्टै नै पशुपतिनाथको पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने जानकारी गराएका हुन् । पशुपतिनाथका कारण नेपाल भारतबीच सदियौँदेखि धार्मिक, सांस्कृतिक सम्बन्ध प्रगाढ रहँदै आएको मुख्यमन्त्री गुप्ताले बताए ।

भेटका क्रममा दुवै देशको विकासमा युवाको सहकार्य, दुई देशबीचको आपसी सम्बन्ध विस्तारलगायत विषयमा कुराकानी भएको सांसद रानाले राससलाई जानकारी दिए । भारतस्थित नेपाली कांग्रेस निकटको जन सम्पर्क समितिको कार्यक्रममा गएका बेला सांसद राना नेतृत्वको समूहले दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री गुप्तालाई भेटेको हो । सो समूहमा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी, कांग्रेस नेत्री सुनिता कुँवर, कांग्रेसका युवा नेताद्वय सुशान्त आचार्य र जीवन तिवारीलगायत छन् ।

Ads

सम्बन्धित पोष्टहरू