काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश र मधेशी जनताको मुद्दा सम्बोधन हुनु पर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ठाकुरले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले १३९ जना नेता कार्यकर्ताहरुलाई जेलमुक्त गरेको भन्दै धन्यवाद दिए । बाँकी रहेका समस्या पनि सम्बोधनका लागि सरकारसँग आग्रह गरे ।
अहिले पनि हाम्रा समस्याको सम्बोधन हुन भन्ने चाहन्छौ । कुनै पनि आन्दलोलनलाई दबाएर त्यसको सम्बोधन हुँदैन ।
आफ्ना मुद्दाहरु सम्बोधन नभए ज्वालामुखिजस्तै विस्फोट हुने चेतावनी पनि ठाकुरले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्