Ads

एक महिने खेल प्रतियोगिता अभियानकाे समापन


काठमाडौँ । ७१ औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले सञ्चालन गरेको खेल प्रतियोगिता अभियान सकिएको छ ।
बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रमविच अभियान समापन गरिएको हो ।
असार ३ गतेदेखि शुरु भएको अभियानमा देशका विभिन्न स्थानहरुमा विभिन्न ७ वटा विशेष प्रतियोगिता र प्रशिक्षण सञ्चालन भएकाथिए ।
समापन समारोहमा बोल्दै एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले एक महिने खेल प्रतियोगिताहरु देशभर निकै प्रभावकारी सावित भएको बताउनुभयो । काठमाण्डौ, झापा, बुटवल लगायतका स्थानहरुमा सम्पन्न प्रतियोगितामा एक हजारभन्दा धेरै खेलाडीहरु प्रतिष्पर्धामा उत्रिएका र हजारौं दर्शकहरुले खेल अवलोकन गरेको उहाँले जानकारी गराउनुभयो ।

उहाँले प्रतियोगिता सम्पन्न गर्न बिभिन्न तरिकाले सहयोग गर्नेहरुदेखि सहभागि खेलाडी र दर्शकहरु सबै धन्यबादका पात्र भएको बताउनुभयो ।
खेल प्रतियोगिताहरुको सफलताबाट आफूहरु उत्साही भएको चर्चा गर्दै उहाँले आगामी दिनमा खेल प्रतियोगिता र खेल शिक्षाका थप उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गरिने उहाँले बताउनुभयो ।


प्रतियोगिता अवधिभर भलिवल, चेस, रेस्लिङ्ग, बास्केटवल, फूल कन्ट्याक्ट कराँते, तेक्वान्दो र क्रिकेट प्रतियोगिता सम्पन्न भएकाथिए । प्रतियोगिताहरु सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्को सहयोग रहेको थियो ।
मदन जयन्तीका कार्यक्रमहरुमध्ये अन्तिम दिन बुधबार काठमाण्डौमा प्रशिक्षण तथा तालीम सम्पन्न भएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्व बिद्यालय बिद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक प्रा.पशुपति अधिकारीले खेलकुद र मनोबिज्ञान बिषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले प्रेरणा र उत्साहले खेलाडीहरुमा नयाँ उर्जा प्राप्त हुने बताउनुभयो ।

एकेडेमीका केन्द्रिय सल्लाहकार दीपक ज्ञवालीले खेलकुद र मिडिया बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै नेकपा एमाले केन्द्रिय स्कूल बिभागका सदस्य वाईपी आचार्यले खेलकुद र नयाँ प्रविधि बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

समापन समारोहमा एकेडेमीका महासचिब पुरेन्द्रबिक्रम लाखे, उपमहासचिबद्धय सुवर्ण श्रेष्ठ,मदन उप्रेती तथा एकेडेमीका बिभिन्न बिभागका अगुवाहरु पदम गिरी,उत्तम ढुंगेल,प्रेम सुवेदी लगायतले बोल्नु भएको एकेडेमीका कार्यलय सचिब बिनोद आचार्यले जानकारी गराउनुभयो ।

 

Ads

सम्बन्धित पोष्टहरू