Ads

प्रदेश -१,बागमती र सुदुरपश्चिममा आज भारी वर्षा हुने


काठमाडौ । गएराती देखि नै प्रदेश १ ,बागमती र सुदुरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित पानी परिरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेकोछ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावजोखिम रहेको छ ।

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्रस

Ads

सम्बन्धित पोष्टहरू