काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेलाई गोली हानिएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको हो ।
उनको छातीमा गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सम्बोधन गरिरहेको बेलामा बन्दुकको आवाजसँगै उनी रगताम्मे भएर ढलेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।
आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ४० वर्षीय एक शंकास्पदलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्