काठमाडाैँ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा यसअघिका अध्यक्ष मेटमणि चौधरीलाई हटाएर आफ्ना सम्धी सोमप्रसाद पाण्डेलाई बनाएका छन् ।
शनिवार बुटवलमा अध्यक्ष नेपाल आफै सहभागी पार्टीको प्रदेश कमिटी बैठकबाट चौधरीलाई हटाएर पाण्डेलाई प्रदेश अध्यक्ष बनाइएको हो ।
नेकपा एसका नेताहरूले चौधरी अहिले मन्त्री तथा पार्टीको सचिव भएकाले पनि पाण्डेलाई प्रदेशको जिम्मेवारी दिएको दाबी गरेका छन् ।
बैठकमा चौधरी आफैले पाण्डेलाई अध्यक्षको रूपमा प्रस्ताव गरेको र सर्वसम्मतबाट अध्यक्षमा पाण्डे चुनिएको केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई बताए ।
प्रतिक्रिया दिनुहोस्