काठमाडौं । काठमाडौंका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ ।
स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्या1एमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ ।
आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलग-अलग भाँडोमा राख्नुपर्ने छ। त्यसरी छुट्याइएको फोहोरलाई मात्र फोहोर संकलन गर्न आउने गाडीमा पठाउनुपर्ने छ ।
असार मसान्तसम्म मात्रै अहिलेकै अवस्थाको फोहोर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका थिए तर, साउनबाट फोहोर नछुट्याइ अहिलेकै शैलीमा ल्यान्डफिल साइटमा लगिएमा फोहोर फाल्न रोक्ने उनीहरुले चेतावनी दिएका छन् । त्यसैले काठमाडौं महानगरपालिकाले पनि स्रोतमै फोहोरको वर्गीकरण गरी संकलन र बिसर्जनको काम सुरु गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्