काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट्न अन्तिम समयसम्म प्रयास गर्दा पनि रद्द भएको बताएका छन्।
शुक्रबार तीनदिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किनुअघि प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने तय भएपनि अन्तिम समयमा आएर रद्द भएको बताएका छन्।
आइतबार साँझ स्वदेश फर्किएका प्रचण्डले भारतीय जनता पार्टीको कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता सकेर होटलमा जाने क्रममा मोदीसँग गर्ने भनिएको भेट स्थगित भएको जानकारी पाएको प्रचण्डको भनाइ छ।
प्रचण्डले सुनाए – बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि ‘क्लाइमेक्स’ त्यही हो भन्ने ठानेको हुनसक्छ । भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र मोदी त्यसमा व्यस्त भएकाले भेट स्थगित भएको पनि हुनसक्ने उनले बताए ।
भेटवार्ता रोकिनुको खास कारण भने आफूलाई पनि थाहा नभएको प्रचण्डको भनाइ छ।
तर पनि उनले भारत भ्रमणबाट निकै उत्साही भएकाे बताए ।
प्रतिक्रिया दिनुहोस्