Ads

काठमाडौँ उपत्यका र देशका विभिन्न भागमा बढ्न थाले डेंगुका बिरामी


काठमाडौँ । गर्मी याम सुरु भएसँगै देशका विभिन्न भागमा डेंगुका बिरामी बढ्न थालेका छन् । धादिङ, काभ्रे जिल्लामा पनि डेंगु रोगको सङ्क्रमण पाइएको छ ।

काठमाडौँ उपत्यकामा भने छिटपुट रूपमा डेंगुका बिरामी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । नेपालमा चार सय प्रकारका लामखुट्टे छन् । जसमध्ये ४ थरीले औलो रोग सार्ने गर्छन् ।

नेपालमा विशेष गरी औलोका दुई परजीवी प्लाज्मोडियम फ्लासिपारम र प्लाज्मोडियम भाइभेक्स जातको पाइने गरेको छ ।

यी दुईमध्ये प्लाज्मोडियम गराउने औलो रोग बढी जटिल र जोखिमयुक्त हुन्छ । यस्तो औलोका बिरामी १५–२० प्रतिशत हाराहारी छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा ४९२ जनामा स्थानीय औलो देखिएको थियो । यो सङ्ख्या २०७४/७५ मा ५५७, २०७५/७६ मा ४४०, २०७६/७७ मा १०२ र  २०७७/७८ मा ६६ जना थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९ को वैशाख १० गतेसम्म ३३६ औलोका बिरामीमध्ये २८ स्थानीय थिए ।

डेंगुका लक्षण  

डेंगु भएमा एक्कासि टाउको दुख्नु, उच्च ज्वरो आउनु, मांसपेशी दुख्नुका साथै ढाडको जोर्नीहरू दुख्नु, शरीरमा बिमिरा आउनु, वाकवाक लाग्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक, गिजाबाट रगत बग्ने आदि लक्षणहरू देखिने गर्छ ।

डेंगु भएको खण्डमा लगातार तीनदेखि १० दिनसम्म ज्वरो आउने , १०२ देखि १०३ डिग्रीसम्म ज्वरो आउने गर्छ ।

Ads

सम्बन्धित पोष्टहरू