Ads

प्रदेश १ को नाम राख्न माग गर्दै प्रदर्शन


विराटनगर । प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा पहिचानवादी विभिन्न ३० संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।  प्रदेश १ को नामकरणको विषय अहिले पेचिलो बन्दै गएको छ ।

Ads

सम्बन्धित पोष्टहरू