Ads

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक,कर्जा विस्तारमा कडाइ (पढ्नाेस पूर्णपाठ)


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अपराह्न ४ बजे  मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो ।

अर्थतन्त्रका केही सूचकमा समस्या देखापरेको तथा सरकारले चालु आर्थिक वर्षको बजेटमा लिएका नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर केन्द्रीय बैंकले नीति सार्वजनिक गरेको हो ।

याेसंगै नेपाल राष्ट्र बैंकले कर्जा विस्तारमा कडाइ गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस वर्ष निजी क्षेत्रमा १२.६० प्रतिशत मात्र कर्जा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिनुभएको छ।

गत वर्ष राष्ट्र बैंकले निजी क्षेत्रमा १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो। तरलता अभावका कारण लक्ष्यको करिब १२ प्रतिशत मात्र कर्जा विस्तार भएको थियो ।

यस्तै साना तथा मझौला उद्योगमा कर्जा प्रवाहलाई विस्तार गर्ने विषयलाई मौद्रिक नीतिमा समेटिएको छ।

कोरोना महामारीको समयमा दिएको सुविधा कटौती गर्दै राष्ट्र बैंकले अतिआवश्यकलाई मात्र पुनःकर्जा दिने लक्ष्य मौद्रिक नीतिले लिएको छ ।

पूर्णपाठ

Ads

सम्बन्धित पोष्टहरू