काठमाडौं । अनेरास्ववियु केन्द्रीय कमिटी पदाधिकारीको १० औं बैठक सम्पन्न भएको छ । संगठनका अध्यक्ष सुनिता बरालको अध्यक्षता बसेको बैठकले ६ वटा निर्णय गर्दै सम्पन्न भएको हो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् मोर्चा फाँट प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य एवम् विद्यार्थी ईञ्चार्ज माधव ढुंगेलको आतिथ्यता र संगठनका अध्यक्ष सुनिता बरालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकले साउन महिना भित्र जिल्ला कमिटी र सो मातहतका सम्पूर्ण कमिटीहरुको बैठक, भेला र अधिवेशन सम्पन्न गर्ने, प्रदेशस्तरिय प्रशिक्षण तथा भेला भदौ १५ भित्र प्रदेश सम्पन्न गर्ने भएको छ ।
विश्वविद्यालयय राष्ट्रिय कमिटीहरुका सम्मेलन/भेला/पुनर्नगठन भदौ १५ भित्र गर्ने, “जीवनउपयोगी बैज्ञानिक शिक्षा नीति र सुदृढ संगठन, सुखी नेपाली समृद्द नेपाल निमार्णको आधारका लागी तेश्रो नीति तथा विधान अधिवेशन” भन्ने नाराका साथ तेश्रो नीति तथा विधान महाधिवेशन तथा राष्ट्रिय भेला असोज १-३ गते काठमाडौंमा गर्ने लगायतका ६ बुँदे निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्