काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेसँग सत्तारुढ गठबन्धन भित्रभित्रै डराएको र बाहिर रमाएको जस्तो देखिएको बताउनु भएको छ ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटीद्वारा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘निकै ठूलो दबाबपछि स्थानीय चुनाव सकिएको छ। गठबन्धन भित्रभित्रै डराएको र बाहिर रमाएको जस्तो देखिन्छ।’
महासचिव पोखरेलले अहिले पनि नेकपा एमाले देशको पहिलो दल भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि यो मुलुकमा पहिलो दल नेकपा एमाले नै हो। जसले कांग्रेसको भन्दा १ प्रतिशत मत ल्याएको छ ।’
प्रतिक्रिया दिनुहोस्