काठमाडौं। नेपाल प्रेस युनियनको अध्यक्ष पदमा शिव लम्सालले अग्रता लिनुभएको छ । हेटौंडामा शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदका लागि शिव लम्साल र अनिता बिन्दुले उम्मेदवारी दिनुभएको थियो ।
शनिबार रातिदेखि नै मत गणना सुरु भएको हो । आइतबार दिउँसोसम्म ७७१ मत गनिसक्दा अध्यक्षमा शिव लम्सालले ४१६ र अनिता विन्दुले ३३९ मत पाउनुभएको छ । लम्साल ७७ मले अगाडि हुनुहुन्छ । यसैगरी महासचिव पदमा दिलिप पौडेलले ५०५ र जगन्नाथ दुलालले २३५ मत पाउनुभएको छ ।
आजै साँझसम्म अध्यक्षसहित पदाधिकारी र लेखा समितिका पदाधिकारीको नतिजा आइसक्ने बताइएको छ । निर्वाचनमा कुल १३ सय ९३ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्