Ads

एटिएम फुटाउँदै गरेको अवस्थामा दुईजना पक्राउ


पर्सा । माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका–५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७  वर्षीय राजकपुर चौधरी रहेका छन् ।

वीरगञ्ज महानगरपालिका–८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले आइतबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

अजय र राजकपुर उपर चोरीसम्बन्धी कसूरमा जिल्ला अदाल पर्साबाट सात दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू