Ads

सार्वजनिक भयाे एसईईको नतिजा,थाहा पाउन यसाे गर्नाेस


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् ।

यो वर्ष ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका थिए ।

शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो ।

नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।

परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ। एसएमएसका लागि सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन् रहेका छन्।

नतिजाका लागि वेब साइड

www.see.gov.np

www.neb.gov.np

www.khalti.com

www.neemaacademy.com

www.ekantipur.com

www.theconnectplus.com

www.see.edusanjal.com

www.see.ntc.net.np

www.admissionnepal.com

Ads

सम्बन्धित पोष्टहरू