काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुहुने भएको छ ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले सो जानकारी दिनुभएको हो ।
नेता शर्मा यसअघि पनि अर्थमन्त्री भइसक्नुभएको छ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।
सोही प्रयोजनका लागि संसदीय छानबिन समिति गठन भई समितिले प्रतिवेदन दिएपछि पुनः अर्थमन्त्री बन्ने सम्भावना बढेको हो ।
पार्टीको निर्णय प्रधानमन्त्रीलाई हस्तान्तरण गरेपछि आजै मन्त्री नियुक्त भई शपथग्रहणसम्म हुने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्