काठमाडौ । अविरल वर्षाका कारण पहिरो झरेर नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यो सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने नजिकै लेदोसहितको पहिरो खसेपछि सडक ठप्प भएको हो ।
बिहानैदेखि पहिरो पन्छाउने काममा सडक विभागका कर्मचारी,सुरक्षाकर्मी र स्थानीयबासिन्दा लागेका छन् ।
चितवनमा आइतबारदेखि नै भारी वर्षा भइरहेको छ । शक्तिखोर लगायतका ठाउँमा वर्षाले चेतावनीको तह नै पार गरेको छ । पछिल्लो २४ घण्टामा १८४ मिलिमिटर पानी परेको छ।
प्रतिक्रिया दिनुहोस्