Ads

आज पनि देशका धेरै भागमा वर्षा हुने


काठमाडौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानमा रहेकाले पश्चिमतर्फ अलि बढी र पूर्वतर्फ अलि कम वर्षा हुने सम्भावना छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Ads

सम्बन्धित पोष्टहरू