काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको छ ।
आज बिहान साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको हो ।
वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको २३ घण्टापछि गएराति ९ बजेतिर बाटो खुलाइएको थियो ।
तर आज बिहान साढे २ बजेतिर फेरि पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो । लामो समय जाममा पर्दा यात्रुहरु मर्कामा परेका छन् । खासगरी बालबालिका, ज्येष्ठ नागरिक र विरामीहरु समस्यामा छन् ।
प्रतिक्रिया दिनुहोस्