काठमाडौ। देशभर आज बिहान सामान्य बदली रहेको छ । केही स्थानमा हल्का वर्षा भइरहेको छ । केही स्थानमा गएराति भएको भारी वर्षाका कारण बाढी आएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्