काठमाडौं । सप्तकोशीको बाढीबाट प्रभावित परिवारलाई राहत तथा व्यवस्थापनका लागि सरकारले सरकारी, गैरसरकारी र व्यवसायीहरूसँग सहयोग मागेको छ ।
प्राधिकरणले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ । राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिसकिएको छ ।’
संकलन गरिएका राहत उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा उनले तोकेको प्रतिनिधि तथा उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्