Ads

माओवादी केन्द्रको प्रदेश सम्मेलनः आज सबै प्रदेशको उद्घाटन


काठमाडौं । नेकपा माओवादी केन्द्रको १० वटै प्रदेश सम्मेलन शनिबार हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुने छन्। प्रदेश अधिवेशनको शनिबार मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने छन् । सातवटा भौगोलिक र तीन गैरभौगोलिक कमिटीको प्रचण्डले उद्घाटन प्रचण्डले गर्ने माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।

माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश कमिटी गठन गरेको छ ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतिको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । विशेष र सम्पर्क समितिको पनि काठमाडौंमा नै हुने छ। प्रवास कमिटीको सम्मेलन शनिबार नहुने र छिट्टै सम्पन्न हुने उनले बताए ।

सम्मेलनबाट अध्यक्ष एक, उपाध्यक्ष तीन, सचिव एक , सहसचिव तीन र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी चयन गर्ने छ । प्रदेशमा नं १ मा २५९ , २ नं प्रदेशमा २७१ , वाग्मतीमा २७५ , गण्डकीमा २२९ , लुम्बिनीमा २५३ , कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय कमिटी हुनेछ । विशेष, सम्पर्क र प्रवास कमिटी न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

Ads

सम्बन्धित पोष्टहरू