Ads

एमाले केन्द्रीय कमिटी बैठक बस्दै ,स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबार बस्दै छ । शनिबार बस्ने केन्द्रीय कमिटीले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने जनाइएको छ । बैठक भक्तपुरको जर्मन भवनमा बस्ने छ ।

नेकपा एमालेको १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक हो। बैठकले केन्द्रीय सदस्य पनि मनोनित गर्ने छ ।
प्रदेश र जिल्ला अधिवेशनको पनि मिति तोक्ने बताइएको छ । बैठकले नेताहरुको कार्य विभाजन गर्ने छ । यो भन्दा पहिला एमालेको केन्द्रीय कमिटीको बैठक तुलसिलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बस्दै आएको थियो । तर महाधविशेनबाट केनद्रीय सदस्यको संख्या बढेकाले ठूलो ठाउँ आवश्यक भएकाले जर्मन भवनमा बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। बैठक दुई दिनसम्म चल्ने बताइएको छ ।

केन्द्रीय कमिटीको पहिलो बैठक भने महाविधेशनस्थल चितवनको सौराहामै बसेको थियो।

केन्द्रीय कमिटी बैठक बस्नुअघि सचिवालय बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सचिवालयमा केन्द्रीय कमिटीमा पेश हुने एजेण्डाबारे छलफल हुनेछ ।

 

Ads

सम्बन्धित पोष्टहरू