काठमाडौं । अविरल वर्षाको कारण काँडाघारी स्थित प्रहरी प्रभाग डुबानमा परेको छ । प्रहरीको मेशको खाद्यान्न, भाँडावर्तन र फर्निचर बगाएको छ । कार्यालयसँगै राखिएको ३ वटा मोटरसाइकल पनि बगाएको छ ।
काँडाघारी प्रभागको बेस सेट भिजेर काम नगर्ने भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । स्थानीयको सहयोगमा प्रहरीले खहरे भन्दा माथी राडारबाट बाढीले अलपत्र परेका दुईजनाको उद्दार गरेको छ । गोठाटारबाट ७ वटा गाडीलाई डुबानबाट बाहिर निकालिएको छ ।
काँडाघारी स्थित हरहर महादेव नजिकै ७ जना मानिसहरु अलपत्र परेका छन् । अलपत्र परेकाहरुको उद्दार भइरहेको एसपी मैनालीले जानकारी दिए । डुबान स्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका उद्धारकर्मी खटिएका छन् ।
कागेश्वरी मनोहरा–७ विष्ट गाउँमा एक तलाका अधिकांश घरहरु डुबानमा परेका छन् । त्यहाँ उद्धारकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्