Ads

नियन्त्रणमा आयाे जुत्ता कारखानामा लागेको आगो


काठमाडौं। काठमाडौंको बालाजु बाइपासस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिका –१६ बालाजु बाइपास नजिक रहेको चप्पल जुत्ता कारखानामा बुधबार मध्याह्नदेखि आगलागी भएको थियो ।

महानगरीय प्रहरी वृत्त बालाजुले आगो नियन्त्रणमा आएको र के कति क्षति भयो भन्ने विवरण आइनसकेको जनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको वान वर्ल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे सम्बन्धित निकायसँग जानकारी लिनुभएको छ ।

थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि गृहमन्त्री खाणले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

Ads

सम्बन्धित पोष्टहरू