काठमाडौं। नेकपा एमालेले आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र तयार पार्न आठ सदस्यीय समिति गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा आठ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्