Ads

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बालुवाटारमा बस्दै


सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ।

सोमबार अपरान्ह ४ बजे बालुवाटारमा कार्यदल बैठक बस्ने सदस्य सचिव केशव जोशीले सेतोपाटीलाई बताए।

यो कार्यदल संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् भने ५ दलीय गठबन्धनबाट दुई-दुई जना सदस्य छन्।

गत साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन गरेर जाने औपचारिक सहमति गर्दै सिट बाँडफाँट गर्न कार्यदल बनाएका थिए।

उक्त कार्यदलले सिट बाँडफाँटको मोडालिटीबारे छलफल गरेको छ। स्थानीय चुनाव, संसदमा अहिले दलहरूको प्रतिनिधित्वको अवस्था, २०७४ को चुनावमा दलहरूले ल्याएका मतलगायत आधारमा सिट बाँडफाँट गर्ने तयारी छ।

दलहरूले औपचारिक रूपमा सिट दाबी गरिसकेका छैनन्। तर कांग्रेसले १६५ प्रतिनिधि सभा क्षेत्रमध्ये एक सय सिट आफूहरूलाई चाहिने बताइरहेको छ। तर कांग्रेसलाई बहुमत आउने गरी सिट दिन नसकिने अन्य दलले बताइरहेका छन् भने सम्मानजनक ढंगले सिट बाँडफाँट गर्न आग्रह गरिरहेका छन्।

Ads

सम्बन्धित पोष्टहरू