Ads

लिङ्देनको नेतृत्वमा निर्वाचन परिचालन समिति,गठबन्धनकाे अधिकार पनि


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन भएको छ ।

राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । अध्यक्ष लिङ्देनकै नेतृत्वमा संसदीय समिति पनि गठन गरिएको उहाँले बताउनुभयो । बैठकले गठबन्धनकाे अधिकार पनि उहाँलाइ नै दिएकाे छ ।

उहाँले निर्वाचन घोषणापत्र तयारीका लागि प्रा.डा. गीताभक्त जोशकाे संयोजकत्वमा सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्रा.डा. जयन्तनाथ खनाल र सह–प्राध्यापक हेमराज कार्कीसहितको समिति गठन गरिएको उल्लेख गर्नुभयो । निर्वाचनमा राजनीतिक दलसँग गठबन्धन, चुनावी तालमेल र सहकार्यको आवश्यक निर्णय र पहलकदमी लिने जिम्मा अध्यक्ष लिङ्देनलाई प्रदान गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू