विराटनगर । मोरङको सुन्दरहरैचा–११ मा आगोमा जलेर एक जना मजदुरको मृत्यु भएको छ ।
आगोमा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर भएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्