Ads

माओवादी केन्द्र र समाजवादीबीच तीन बुँदे सहमति


काठमाडौं । सोमवार  हात्तिवनमा नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच चुनावपछि पार्टी एकता गर्ने गरी तीन बुँदे सहमति भएको छ ।

नेकपा एसका उपाध्यक्ष प्रमेश हमालका अनुसार गठबन्धन कायम राख्दै सिट बाँडफाँटमा दुवै पार्टीको एउटै पहल गर्ने समझदारी भएको हाे ।

उनका अनुसार आगामी चुनावमा उम्मेदवार उठाउँदा समेत मिलेर दिने सहमति भएको छ । दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने समझदारी समेत भएको छ । त्यस्तै पार्टी एकताका लागि राजनीतिक,वैचारिक काम गर्न पार्टी एकता संयोजन समिति गठन गर्ने सहमति पनि भएको छ ।

पार्टी एकता संयोजन समितिमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल रहने तय भइसकेको छ । माओवादी केन्द्रबाट नाम टुंगो लाग्न बाँकी छ ।

छलफलमा नारायणकाजी श्रेष्ठको समेत सहभागिता रहेको  थियाे ।

Ads

सम्बन्धित पोष्टहरू