आज काठमाडौंको वनस्थली चोकबाट ढुङ्गेधारा जाने तर्फको सडक किनारामा अनधिकृत र अवैध रुपमा निर्माण गरिएका घर टहरा महानगरले भत्काएको छ ।
उक्त सडक किनारामा अवैध ढंगले निर्माण गरिएका ७ वटाभन्दा बढी टहरा भत्काइएको महानगरीय प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । वनस्थली चोकबाट बालाजुतर्फ जाने सडकबाट नै घरमा राखेको ३ वटा भर्याङ पनि भत्काइएको छ । आइतबारबाट पुनः अभियान सुरु गरिने छ।
प्रतिक्रिया दिनुहोस्