काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा प्रति संगठित सदस्यले दुई भोट अनिवार्य बढाउन सबै संगठित सदस्यको लागि चुनावी रणनीति बनाइएको बताएका छन्।
राजधानीमा आयाेजित पत्रकार सम्मेलनमा महासचिव पाेखरेलले उक्त कुरा जनाएका हुन । उनले गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच चुनाव हुने बताए ।
एमालेले एकल बहुमतको लागि प्रति संगठित सदस्यले दुई मत बढाउने नीति लिइएको महासचिव पोखरेलले बताए । आगामी चुनावमा एकल बहुमतको लागि एमालेसँग भएको मतमा १६ प्रतिशत मत बढाउने रणनीति लिएको उनकाे भनाइ छ ।
विकास र समृद्धिको अभियानलाई पूरा गर्न अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्री सारिएको महासचिव पोखरेलले बताए । अध्यक्ष ओली नेतृत्वमा सुरू भएका विकास र समृद्धिको अभियान पूरा गर्न आगामी चुनावमा एकल बहुमतको सरकार निर्माणको अभियानमा एमाले लागेको उनकाे भनाइ छ ।
ओली प्रधानमन्त्री भएका बेला संविधान जारी गर्न, भारतले लगाएको नाकाबन्दी विरूद्ध अगुवाई गरेकाले जनतामा एमाले लोकोप्रिय रहेको महासचिव पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्