काठमाडौं । काठमाडौं महानरपालिकाले फुड इन्स्पेक्टर राख्ने भएको छ । महानगरको बैठकले खाध पदार्थ चेकजाँच गर्न इन्स्पेक्टर राख्ने निर्णय गरेको हो ।
महानगरभित्र म्याद गुज्रिएका भएका चामल,मासु,चक्लेट,रक्सी लगायत खाध तथा पेय पदार्थहरुको बिक्री बितरण हुने गरेको भेटिएपछि महानगरले यस्तो निर्णय गरेको हो ।
अब महानगरभित्र फूड इन्स्पेक्टरको नेतृतवमा अनुगमन तथा रोकथामको काम अघि बढ्ने महानगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्