Ads

राष्ट्रपति र प्रधानमन्त्री नेतृत्वकाे टाेलीबीच के भयाे कुराकानी ?


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले समसामयिक विषयमा छलफल गरेका छन् ।

श्राेतका अनुसार  छलफल विशेष गरी नागरिकता विधेयक र आगामी निर्वाचनका बारेमा केन्द्रित रहेको थियो ।

संसद्को दुवै सदनबाट पारित नागरिकता विधेयकलाई राष्ट्रपतिले पुनर्विचार गरियोस् भनी संसद्लाई फिर्ता पठाएकी थिइन । सो विधेयकलाई प्रतिनिधि सभाले जस्ताको त्यस्तै पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो ।

उक्त विधेयकलाई राष्ट्रिय सभाले  संसदीय समितिमा पठाएपछि शीर्ष तहमा यो छलफल भएको हो । छलफलमा राष्ट्रपतिले संसद्का काम कारबाही र नागरिकता विधेयकका विषयमा चासो राख्नु भएको जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिए ।

प्रधानमन्त्रीको साथमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा सहभागी थिए ।

Ads

सम्बन्धित पोष्टहरू